मान्छेले धेरै नै पाप गर्न थाले
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह बेच्ने एक व्यक्ति समातिएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई नक्कली मह बनाउने मेसिन र कच्चा पदार्थसहित प्रहरीले समातेको हो ।
उनले सात वर्षदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन गरी ‘स्पर्स हनी’ नामको लेबल टाँसेर गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । श्रेष्ठले उक्त ब्राण्ड दर्तासमेत नगरेको पाइएको छ ।
प्रहरीका अनुसार श्रेष्ठको…