अपराध

धातुको मूर्तिसहित धोबिचौरबाट किशोर समातिए

प्रहरीले काठमाडौंको धोबिचौरस्थित सडकबाट एक थान धातुको मूर्तिसहित एक जनालाई समातेको छ । काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय एक किशोर हिजो समातिएका हुन् । उनको साथबाट एक लाख ४ हजार ७ सय ४० रुपैयाँ नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा उक्त मूर्ति र नगदसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Page 240 of 263