युएनको कर्मचारी बनेर लाखौँ ठगि
संयुक्त राष्ट्रसंघ (युएन)मा जागिर लगाइदिने भनेर विभिन्न व्यक्तिहरूबाट लाखौ रुपैयाँ ठगी गरी फरार रहेका एक जनालाई प्रहरीले समातेको छ ।
आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताएर राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका डोटीका दिनेश सिंहलाई प्रहरीले समातेको हो । डोटीको साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेशले विभिन्न मितिमा कास्की पोखराका विभिन्न व्यक्तिलाई ठगी गरी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले…