अपराध

जिल्ला प्रहरी कार्यालयका सई घूससहित समातिए

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सई विनोद विष्ट पक्राउ परेका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल हुन् ।  उनलाई हिजो दिउँसो अख्तियार दूरपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंमा घूस रकम बुझ्दै गरेको अवस्थामा पक्राउ गरेको बताइएको छ । विष्ट हिजो दिउँसो नयाँ बानेश्वरमा घूस रकम बुझ्दै थिए । सोही बेलामा आयोग टोली त्यहाँ पुगेको हो ।

Page 164 of 263