पूर्वगृहसचिव पाण्डेलाई अदालतमा उभ्याइयो

पूर्वगृहसचिव पाण्डेलाई अदालतमा उभ्याइयो

सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर करोडौं कुम्ल्याउने आपराधिक गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा आज पक्राउ परेका उनलाई थुनामा राखेर अनुसन्धानको निम्ति म्याद थपको अनुमति लिन अदालत पुर्याइएको हो । पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति मागिएको काठमाडौँ प्रहरीले जनाएको छ । 

हाल उपराष्ट्रपति कार्यालयमा रहेका पाण्डे गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेको पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्रेको हो । 

उक्त प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र एमाले उपाध्यक्ष तथा त्यतिबेलाका गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पनि आज पक्राउ पुर्जी जारी भएको छ ।

टिप्पणीहरू