दुर्घटना

चट्याङ लागेर सरोजले गुमाए ज्यान

भोजपुरमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । षडानन्द नगरपालिका-१२ पिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर हिजोराति मृत्यु भएको हो ।   घर बाहिर बसेका सरोजसहित २ जनालाई अचानक चट्याङ लागेपछि उनीहरु गम्भिर घाइते भएका थिए । तत्कालै उपचारका लागि मनकामना अस्पताल तुम्लिङटार संखुवासभा लगिएकोमा सरोजको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।   तर, उनीसहित घाइते भएका अर्को एक जनाको हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Page 71 of 114