जोमसोममा भएको विमान दुर्घटनामा पनि पाइलट नै ‘दोषी’
गत जेठ १५ गते जोमसोममा भएको तारा एयरको विमान दुर्घटनामा पाइलटको त्रुटी भेटिएको छ । दुर्घटनापछि सरकारले गठन गरेको जाँच आयोगले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटीले उक्त दुर्घटना निम्तिएको औंल्याइएको छ ।
अमेरिकाको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्डको सहयोगमा विस्तृत जाँचबुझ गरी तयार पारिएको मस्यौदाको प्रतिवेदन मन्त्रालयले आईकाओ एनेक्स–१३ को प्रावधानबमोजिम ६० दिनको समय दिएर सम्बन्धित निकायलाई आवश्यक अध्ययनको…