वनमा डढेलो लगाउनेहरु झ्यापझुप समातिए
चैत–बैशाखको समय अधिकाँश वन क्षेत्रमा डढेलो शुरु हुन्छ । हरेक बर्ष वन संरक्षणमा लागेका अभियन्ता होस् वा वन कर्मचारीहरु नै किन नहोस् डढेलो लगाउनेको खोजी गर्छन् तर फेला पार्दैनन् ।
कतिपय आगलागीका घटना प्राकृतिक रुपमा आगोको उत्पत्ति भएर हुने गरेका छन् भने कतिपयचाहिँ रमाइलोको लागि डढेलो लगाउने घटनाहरु पाइन्छन् । त्यसो त यो सिजनमा राम्रो पालुवा पलाउँछ भन्ने विश्वासमा पनि डढेलो लगाउने गरेका घटनाहरु सुनिन्छन् । तर, डढेलो लगाउँदा वन,वन पैदावार,वन्यजन्तुको सर्बनाश हुन…