ट्रकको ठक्करबाट एयरपोर्टका हाकिमको बल्खुमा प्रणान्त
काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज दिउँसो साढे १२ बजे बल्खु चोकमा भएको उक्त दुर्घटनामा भूपति पाण्डेको मृत्यु भएको बताइएको छ ।
अर्घाखाँची छत्रदेव गाउँपालिका–५ स्थायी ठेगाना भई चन्द्रागिरि नगरपालिका–१२, सतुंगल बस्ने ३८ वर्षीय पाण्डेले चलाएको स्कुटरलाई मालवाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका उनी शाखा अधिकृत हुन् । पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थ…