चुलोको आगोले घर र गोठ भष्म, लाखौँ खरानी

चुलोको आगोले घर र गोठ भष्म, लाखौँ खरानी

दाङको बबईमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।  

बबई गाउँपालिका वडा-५ जौबारीका ६४ वर्षीय जंगबहादुर थापाको घरमा हिजो दिउँसो आगलागी हुँदा तीन लाख ३४ हजार मूल्य बराबरको धनमाल जलेको हो । प्रहरीका अनुसार थापाको घरको चुलोबाट सल्किएको आगो घर र गोठसम्म पुग्दा उक्त धनमाल जलेर नष्ट भएको हो । 

आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू