मर्स्यायाङ्दीमा खसेका सशस्त्र जवानको शव ८० दिनपछि फेला

मर्स्यायाङ्दीमा खसेका सशस्त्र जवानको शव ८० दिनपछि फेला

गत पुस १४ गते मर्स्यायाङ्दी नदीमा खसेर बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालका जवानको शव आज फेला परेको छ । 

जवान अनन्त महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर मनाङ चामेस्थित ३२ नम्बर गुल्म हेडक्वार्टर जाने क्रममा नदीमा खसेर बेपत्ता भएका  थिए । उनी स्थानीय काप्रेभीर नजिकै पिसाब फेर्न गाडीबाट ओर्लेपछि नदीमा खसेका थिए ।

३२ वर्षीय महतको शव हिजो राइनास नगरपालिका–६ गौरीघाटमा फेला परेको प्रहरीले जनाएको छ । उनी रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, बिजुली कोटका बासिन्दा हुन् ।

टिप्पणीहरू