घाँटीमा राइफल पड्काएर प्रहरी जवानद्वारा आत्महत्या

घाँटीमा राइफल पड्काएर प्रहरी जवानद्वारा आत्महत्या

नेपाल प्रहरीका एक जवानले गए राति आत्महत्या गरेका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका ७ मा रहेको प्रहरीको कर्णाली प्रदेश सशस्त्र प्रहरी गणमा कार्यरत जवान कविराम विश्वकर्माले गएराति आत्महत्या गरेका हुन् ।

२५ वर्षीय विकले राति ४ नम्बर पोष्टमा ड्युटीमा छँदा आफ्नै घाँटीमा गोली हानेको बताइन्छ । उनको साथमा रहेको ७.६२ को सेल्फ लोडिङ राइफल उनले राति सवा २ बजे चलाएका हुन् ।

घाँटीमा गोली प्रहार भएपछि उनको तत्काल निधन भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक भएको छैन । प्रहरीले आवश्यक अनुसन्धान थालेको जानकारी दिएको छ ।

टिप्पणीहरू