गल्तीबिनै ट्राफिकमाथि किन खनिए सर्वसाधारण ?
भक्तपुरको गठ्ठाघर चोकमा हिजो दिँउसो एकदमै अप्रिय घटना घट्यो । ट्रकको ठक्करबाट एक स्कुटर चालकले घटनास्थलमै ज्यान गुमाए । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट आउँदै गरेको ना.६ ख २१७३ नम्बरको ट्रकले हिर्काएको हो ।
ठक्करपछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बन्यो । ट्राफिकको विरोधमा स्थानीय सडकमा उत्रिए । ट्राफिकमाथि ढुंगामुढा प्रहार भयो । सयौंको संख्यामा स्थानीय सडकमा आएपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो ।&n…