दुर्घटना

क्वालालम्पुरबाट आएका यात्रु विमानभित्रै बेहोस

मलेसियन एअरलाइन्सबाट काठमाडौं आएका एकजना यात्रु विमानको सिटमा बेहोस अवस्थामा फेला परेका छन् । गएराति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उडान नम्बर एमएच ११४ विमानका यात्रु कविरमान भारतीलाई तत्काल प्राथमिक उपचारपछि अस्पताल पुर्याइएको बुझिएको छ । पाँचथर निवासी राहदानी नम्बर २५३४६३९ का ४६ वर्षे भारतीलाई विमानका कर्मचारीले सिटमा बेहोस अवस्थामा देखेपछि आगमन कक्षको अध्यागमन नजिकै ल्याएका थिए । ह्याम्स अस्पतालको मेडिकल युनिटले प्राथमिक उपचारपछि ए…

Page 23 of 114