बेपत्ता बसका पाँच यात्रुको शव फेला, तीन जनाको सनाखत
शुक्रबार बिहान चितवनको नारायणघाट–मुग्लिङ्ग सडकको सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुलीमा बगेका दुई बससँगै बेपत्ता करिब पाँच दर्जन यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले पाँच जनाको शव फेला परेको जानकारी दिएका हुन् । जसमध्ये तीनवटा शव सनाखतसमेत भइसकेको छ । सनाखत गरिएको शव रौतहतका १९ वर्षीय रमिटकुशल माझी, भारत घर भएका २८ वर्षीय ऋषिपल साह र चितवनका २२ वर्षीय विकास परियारको भएको प्…