बस दुर्घटनामा चारको निधन, एक दर्जन उपचाररत, चालकको अवस्था गम्भीर
डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । रातिको दुर्घटनामा घाइते भएका एक दर्जनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस मध्यरातमा डडेल्धुराको अमरगढी नगरपालिका–७ मा सडकबाट झण्डै तीन सय मीटर तल खसेको हो । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया …