मन्त्री

मन्त्रीको भाग मिलाउन बालुवाटारमा बैठक शुरु

सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बोलाइएको गठबन्धन बैठकमा सहभागी हुन गएका हुन् ।  आजको बैठकले मन्त्रालय भागबण्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गरेर सहमति जुटाउने योजना छ । बैठक हिजो साँझ पनि सोही ठाउँमा बसेको थियो । हिजोको बैठकमा मन्त्रालय भागबण्डाबारे सहमति हुन नसकेपछि उनीहरु अहिले पनि भेला भएका हुन् । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन तीन वटा मन्त्रा…