यिनको ठाउँमा को बन्लान् मन्त्री ?

यिनको ठाउँमा को बन्लान् मन्त्री ?

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ दुई जना मन्त्री र एक जना राज्यमन्त्री एउटै समय पारेर छिरेका छन् । उनीहरु आफ्नो राजीनामा बुझाउन गएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पदबाट राजीनामा बुझाएका छन् ।

आजै दिउँसो सो पार्टीको संसदीय दल र केन्द्रीय समिति बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । गृहसहित अब रिक्त २ मन्त्रालयमा कुन पार्टीबाट कसले कार्यभार पाउने हुन् यकिन भैहालेको छैन ।

टिप्पणीहरू