घानाका मन्त्री सिओल हुँदै काठमाडौं आइपुगे

घानाका मन्त्री सिओल हुँदै काठमाडौं आइपुगे

अफ्रिकी मुलुक घानाका मन्त्री र राज्यमन्त्रीको टोली आज काठमाडौं आएको छ । कोरियन एअरको उडान नम्बर केई ६९५ मा सिओल हुँदै टोली साँझ ६ बजे काठमाडौं आइपुगेको हो ।

टोलीलाई यति होल्डिङ्ग्सका कर्मचारीले स्वागत गरेको बताइन्छ । त्यहाँका मन्त्री तथा देशभक्त पार्टीका सांसद क्वाकु अम्प्रतवुम सारपोङ, सञ्चार राज्यमन्त्री तथा सोही पार्टीका सांसद एवम् अधिवक्ता फातिमातु अबुबाकर र जमाल मोहम्मद अब्दुलारमन रहेको टोलीलाई गोकर्ण रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

टोलीका सदस्यहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले १५ दिनको भीसा उपलब्ध गराएको छ ।

टिप्पणीहरू