मन्त्रीको भाग मिलाउन बालुवाटारमा बैठक शुरु

मन्त्रीको भाग मिलाउन बालुवाटारमा बैठक शुरु

सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बोलाइएको गठबन्धन बैठकमा सहभागी हुन गएका हुन् । 

आजको बैठकले मन्त्रालय भागबण्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गरेर सहमति जुटाउने योजना छ । बैठक हिजो साँझ पनि सोही ठाउँमा बसेको थियो ।

हिजोको बैठकमा मन्त्रालय भागबण्डाबारे सहमति हुन नसकेपछि उनीहरु अहिले पनि भेला भएका हुन् । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन तीन वटा मन्त्रालयको अडान लिएको र नेपाली काँग्रेसले आठ वटा मन्त्रालयको दाबी नछाडेपछि बैठकमा सहमति हुन नसकेको माओवादी नेताहरुले बताएका छन् ।

अहिले लोकतान्त्रिक समाजवादी पार्टीले पनि दुई वटा मन्त्रालयमा दाबी गरेको छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै सत्तामा सहभागी हुने जानकारी दिएको छ ।

टिप्पणीहरू