मन्त्रीको नाम टुंग्याउन समाजवादीमा सल्लाह घनिभूत

मन्त्रीको नाम टुंग्याउन समाजवादीमा सल्लाह घनिभूत

सरकारमा जाने तयारीमा रहेको एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । मन्त्रीको नाम फाइनल गर्न बैठक बसेको हो ।

आलोकानगरस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीति र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीबारे छलफल हुने सो पार्टीका एक नेताले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष डा. बेदुराम भुसाल, राजेन्द्र प्रसाद पाण्डे, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वालालगायत सहभागी छन् ।  

प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादी गृहसहित तीनवटा मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रधानमन्त्रीले दुईवटा लिएर सरकारमा आउन प्रस्ताव गर्नुभएको छ । 

आजको बैठकमा पार्टीको अडान र प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गरी आवश्यक निर्णय लिने समाजवादीका नेताहरुले बताएका छन् । आजै चार बजे सत्तासाझेदार दलहरुको संयुक्त बैठक बालुवाटारमा बस्दैछ ।

टिप्पणीहरू