भारत

भारतमा सबैभन्दा ठूलो हेलिकोप्टर कारखाना उद्घाटन गरिँदै

भारतमा हालसम्मकै धेरै हेलिकोप्टर उत्पादन हुने कारखाना उद्घाटन गर्न लागिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्णाटक राज्यमा रहेको भारतको सबैभन्दा ठूलो हेलिकोप्टर कारखानाको उद्घाटन गर्ने कार्यक्रम छ । द हिन्दुस्तान एरोनटिक्स लिमिटेड फ्याक्ट्रीले साना हेलिकोप्टर उत्पादन गर्छ । आगामी २० वर्षमा कारखानाले एक हजारभन्दा बढी हेलिकोप्टर उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ ।  उक्त कम्पनीले बनाएको सानो र हलुका हेलिकोप्टरको सफल परीक्षण भइसकेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । ए…