असइको गोलीले मारिए स्वास्थ्यमन्त्री

असइको गोलीले मारिए स्वास्थ्यमन्त्री

भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्रीमाथि प्रहरीका असईले गोली प्रहार गरेका छन् । गोली प्रहारपछि ढलेका मन्त्री नवकिशोर दासको एक घण्टापछि भुवनेश्वर अस्पतालमा निधन भएको छ ।मन्त्रीमाथि कारबाट बाहिर निस्कन लागेको बेला नजिकैबाट गोली प्रहार भएको थियो ।

कारको पछाडि बसेका दासको छातिमा गोली हानिएपछि उनी त्यहीँ  ढलेका हुन् । उनलाई समर्थकहरुले कारको अगाडिको सिटमा राखेर अस्पताल लगेका थिए । दुई राउण्ड गोली प्रहारमा छातिबाट रगतको खोलो बगेको थियो । मन्त्रीमाथि गोली प्रहार गर्ने असई गोपाल दासलाई प्रहरीले पक्रेको  छ ।

टिप्पणीहरू