नेपालबाट फर्केकी अमेरिकी मन्त्री भारतमा व्यस्त

नेपालबाट फर्केकी अमेरिकी मन्त्री भारतमा व्यस्त

नेपालको दुई दिने भ्रमण पूरा गरेर अस्ति साँझ नयाँ दिल्ली पुगेकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्याण्ड भेटघाटमा व्यस्त भएकी छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार साँझ काठमाडौं आइपुगेको अमेरिकी उच्चस्तरीय टोली अस्ति अपरान्ह ५ बजे नयाँ दिल्ली गएको थियो ।

भारतमा टोलीले त्यहाँका विदेश मन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रालगायतसँग भेटवार्ता गरेको हो । 

यहाँ काठमाडौंमा अमेरिकी उपमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गरेको थियो ।

टिप्पणीहरू