माैकामा चाैका हान्दै प्रदेश सरकार
कोशी प्रदेशको सार्वजनिक खरिदमा व्यापक अनियमितता भएको पाइएको छ। पहिलो कार्यकालदेखि नै प्रदेश सरकारले खरिदमा लुट मच्चाएको खुलेको छ। प्रदेश सरकारले विगतदेखि भएका सबै खरिद विवरण गोप्य राख्दै आएको थियो। तर, गत भदौ २४ गतेको जेनजी विध्वंसपछि क्षतिको विवरण संकलन गर्ने क्रममा त्यहाँका अनियमितताको भण्डाफोर भएको हो।
दिएको विवरणअनुसार प्रदेश सरकारमातहतका कार्यालयहरूमा ८५ लाख ८६ हजार १५६ रुपैयाँ बराबरका ५६ वटा एसी जलेर क्षतिग्रस्त भएका छन्। ४१ करोड ४९ लाख ९४ हजारको सवारी साधन…