पहिचान माग्दा मारिएका पदमको परिवारलाई तीन लाख

पहिचान माग्दा मारिएका पदमको परिवारलाई तीन लाख

पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

आज बसेको कोशी प्रदेश क्याविनेट बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई राहतस्वरूप तीन लाख नगद दिने निर्णय गरेको हो ।  

लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने पनि क्याविनेटको निर्णय छ ।
 

टिप्पणीहरू