ढोका धाउने प्रहरीलाई कारबाहीको धम्की
प्रहरी प्रधान कार्यालयले बढुवाका लागि आफूभन्दा माथिल्लो तहका अधिकृत भेट्ने वा प्रभावमा पार्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी अविनारायण काफ्लेको हस्ताक्षरमा व्यक्तिगत वृद्धिका लागि इतर पक्षसँग अनुचित सम्पर्क गर्ने, उच्चपदस्थहरूको ढोका चहार्नेलगायतका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आचारसंहिताविपरीतको गतिविधि नगर्न सचेत गराइएको छ ।
मंसिर १६ गते क्रमसंख्या ३८७८ को पत्रमार्फत उक्त शाखाले अख्तियार, प्रहरी महाशा…