बेपत्ता प्रहरीको खोजतलास तीब्र
फाइल फाेटाे
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता कर्मचारीको खोजतलास शुरु गरेको छ ।
फरक–फरक मितिमा आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका २२ जनालाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुको नाममा यसअघि पनि पटक–पटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै प्रहरी हेडक्वार्टरले सफाइका लागि अन्तिम मौका दिएको जनाएको छ । चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक निरीक्षक (असई) विवेक साउद, देवकी थापा, प्रकाश थारु, प्राविधिक असई नरकुमार ओजी, जवान धनसिंह बुढा, अर्पण पोखरेल, युवराज खड्का, सन्दिप विश्वकर्मा, विकाश आचार्य, सुजन ओझा, दिपेन तिवारी, दिलिपकुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, विनोद साह छन् ।
त्यस्तै, प्राविधिक जवान गौतमकुमार पाचेमगर, अजितकुमार चौधरी, दिवराज बुढा र कार्यालय सहयोगीहरु कमलबहादुर माझी र मनविर सिंह धामीलाई पनि स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू