प्रहरी हेडक्वार्टरमा बर्दी र फुलीको चर्चा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको धारणासहित निर्देशन दिनुभएको छ ।
प्रहरीले लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नागरिकको भरोसा र विश्वासलाई कायम राख्ने विश्वास लिएको छु ।’
निरीक्षणपछि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उक्त धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा उपत्यकामा रहेका प्रहरी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति थियो । भिडियो कन्फेरेन्समा जोडिएको उक्त कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, गण प्रमुख, तालिम केन्द्रका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूको सहभागिता थियो ।
टिप्पणीहरू