नेपाल प्रहरीका सात एसपीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरीका सात एसपीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरीका सात प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । यसअघि फागुन १ गते भएको ७८ एसपीको सरुवामा परेकामध्ये सात जनाको पुनः जिम्मेवारी हेरफेर भएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी श्यामसिंह चौधरीलाई धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालयमा खटाइएको छ ।

त्यसैगरी विमल बस्नेतलाई संसदको मर्यादापालक प्रमुखको जिम्मेवारीमा खटाइएको छ । वीरेन्द्र शाहीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको बताइएको छ ।

अर्का एसपी विमलराज कँडेललाई हेडक्वार्टरको कल्याण महाशाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा बालनरसिंह राणा र नान्तिराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू