प्रधानमन्त्रीले कार्यशैली सुधार्ने, आवश्यक परे संकटकाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली बदलेर जाने घोषणा गर्नुभएको छ ।
कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले पछिल्लो वर्षमा भएका कामको समीक्षा गरेर नयाँ योजनाका साथ अघि बढ्ने घोषणा गर्नुभएको हो ।
‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा …