'माधव सर' को कार्यक्रममा प्रधानमन्त्रीको दावी - सरकारका कामले जनतामा उत्साह छाएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताउनुभएको छ । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।
भ्रष्टाचारविरुद्धको अभियानले राष्ट्रिय एकता र सम्बृद्धिको जग खनिएको बताउँदै प्रधानमन्त्रीले त्यसले जनतामा उत्साह बढेको उल्लेख गर्नुभयो । भन्नुभयो, ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा सरकार क्रियाशील भइरहेको पनि बताउनुभयो ।

सरकार गठनको ७ महिनाको छोटै अवधिमा थुप्रै उपलब्धीहरू हासिल भएको दावी गर्दै प्रधानमन्त्रीले इमान्दार भएर काम गरे जस्तासुकै चुनौती छिचोलेर पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा यसबाट प्रमाणित भएको धारणा राख्नुभयो ।

टिप्पणीहरू