प्रधानमन्त्री ल्हासा पुग्नुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणको क्रममा तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासा पुग्नुभएको छ । उहाँ आज बिहान छोङ्छिङ्बाट ल्हासा जानुभएको हो ।
आजै साँझ उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा वाङल रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको टोली भोलि मानसरोवर र कैलाश पर्वतको भ्रमणमा जाने छ । टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उनकी पत्नीलगायत छन् ।
टिप्पणीहरू