चिनियाँको हेराइमा नेपाली प्रधानमन्त्रीको चीन भ्रमण..

चिनियाँको हेराइमा नेपाली प्रधानमन्त्रीको चीन भ्रमण..

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको आठ दिने भ्रमणमा हुनुहुन्छ । शनिबार हाङ्चौमा राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्तापछि शुरु भएको यात्रा क्रममा हिजो समकक्षी लि छ्याङसँग भेटघाट र द्विपक्षीय वार्ता भएको छ । आज बेइजिङमा दुवै मुलुकले संयुक्त वक्तव्य जारी गरेका छन् । 

बेइजिङबाट प्रकाशित चाइना डेलीले आजको अंक तेश्रो पृष्ठमा लेखेको छ, ‘चिनियाँ प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन आग्रह गर्नुभएको छ । उहाँले नेपाली समकक्षीलाई बेल्ट एण्ड रोड इनिसियटिभ्सको माध्यमबाट चीन र नेपालबीच कायम उच्चस्तरको सम्बन्धलाई प्रगाढ पार्न सकिने धारणा राख्नुभएको छ ।’

चाइना डेलीले चिनियाँ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेपालको सार्वभौम अखण्डता र सुरक्षाप्रति छिमेकी सजग रहेकोमा जोड दिएको छ । सडक,रेलसेवा,हवाई उडानको माध्यमबाट दुई मुलुकबीच कनेक्टिभिटीलाई बढाउन सकिने उहाँको भनाई थियो । 

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिको पूर्ण समर्थन गर्दै चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्सको माध्यमबाट भौतिक पूर्वाधार,कनेक्टिभिटी, आर्थिक सहयोग र व्यापार प्रवर्धन गर्न नेपाल तयार रहेको जानकारी गराउनुभयो ।

यसैबीच चीनको ग्लोबल टाइम्समा प्रधानमन्त्रीको अन्तरवार्ता प्रकाशित भएको छ । अन्तरवार्तामा नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिने प्रतिबद्धता जनाइएको छ । दुई मुलुकबीच बन्ने भनिएको रेलमार्ग आफ्नै कार्यकालमा शुभारम्भ हुने उहाँको विश्वास छ । 

अन्तरवार्ताको क्रममा उहाँले नेपाल समाजवाद उन्मुख मुलुक रहेको बताउँदै दुई छिमेकी मुलुक चीन र भारतलाई समान भावले हेर्दै तीन मुलुक मिलेर यो क्षेत्रको विकासमा धेरै गर्न सकिने उल्लेख छ ।

शनिबार राति हाङ्चौमा आयोजित १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर आइतबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री दाहाल आज छोङछिङ जाने कार्यक्रम छ ।

https://www.globaltimes.cn/page/202309/1298884.shtml

टिप्पणीहरू