बालुवाटार

सत्ता गठबन्धनमा संकटको संकेत

कुनै समय थियो,एमाले अध्यक्ष केपी शर्मा ओली तल्लो तलामा पार्टीको बैठक चलिरहँदा बालुवाटारको माथिल्लो तलामा त्यसै बसेर टारिदिनुहुन्थ्यो । आफू प्रधानमन्त्री हुँदा तत्कालीन नेकपाको सचिवालय बैठकका लागि दुई पाइला तल नझर्ने उहाँ आजकाल दैनिकजसो बालकोटदेखि बालुवाटार धाइरहनु भएको छ । आफ्ना समकालीन नेताहरुलाई झुकाएको सन्देश दिन आफ्नै दैलोमा बोलाउने अध्यक्ष ओलीको अहिले दिनको एकचोटी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने एक प्रकारको रुटिन नै बनेको छ ।  म…