रवि लामिछाने अहिले फेरि बालुवाटारमा

रवि लामिछाने अहिले फेरि बालुवाटारमा

हिजो बिहान बालुवाटार पुगेर दिनभरमा गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न आग्रह गरेका रवि लामिछाने अहिले बिहान पनि त्यहीँ  पुगेका छन् । लामिछानेले बिहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।

हिजो प्रधानमन्त्रीले उनीविरुद्ध सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको जिम्मेवारीबारे कुनै निर्णय नगर्ने बताएपछि लामिछाने दौडिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । त्यसछि अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनले बालुवाटार पुगेर रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने धारणा राखेको माओवादी स्रोतको दाबी छ । 

तर,उनले गरेका पासपोर्ट दुरुपयोगसम्बन्धी थप उजुरी पर्न थालेको छ । सर्वोच्चमा भएको गत साताको बहसमा उक्त विषय पनि जोडदार ढंगले उठेको थियो । प्रक्रिया पूरा गरेर नागरिकता लिँदैमा गृह प्रशासनको जिम्मेवारी रवि वा रविको निर्देशनमा रास्वपालाई दिने पक्षमा प्रधानमन्त्री सकारात्मक नभएपछि उनी आज बिहान पुनः प्रधानमन्त्रीलाई कन्याउन गएका हुन् । 

हिजोको भेटमा लामिछानेले अदालतका न्यायाधीश,प्रहरी र परराष्ट्र मन्त्रालयलाई मिलाउने भन्दै ढुक्क हुन वचन नै दिएका थिए । तर, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको हवाला दिँदै पासपोर्ट दुरुपयोगको विषय निक्र्यौल नभएसम्म उनलाई जिम्मेवारी दिन नसकिने जवाफ दिनुभएको थियो ।

टिप्पणीहरू