म्याडमहरूको राज, प्रहरीमा हरायो लाज

म्याडमहरूको राज, प्रहरीमा हरायो लाज

नेपाल प्रहरी बालुवाटार र सिंहदरबारका २ म्याडमको कारण झन् बढी जालोमा फस्दै गएको छ । मुलुकको सुरक्षा निकाय भ्रष्ट्राचारको दलदलमा भासिँदै गएपछि शान्ति, सेवा, सुरक्षणम्को मुल मन्त्रबाटै जनविश्वास उठेको छ । शान्तिसुरक्षामा खटिनुपर्ने प्रहरीहरू कताबाट कमिशन आउँछ ? कसरी कुस्त बुझाएर अझै कमाउने ठाँउमा पुग्न सकिन्छ ? भनी सुँघ्दै हिँडेका छन् । 

तिनैमध्येका एक हुन्, पश्चिम तराईंको संवेदनशील मानिने जिल्ला बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी । १८ महिना प्रमुख सीमानाका हाँकेका उनलाई अस्ति भर्खर लुम्बिनी प्रदेशमा ट्राफिक इञ्चार्जको जिम्मा दिइएको छ । बाँकेमा रहँदा विभिन्न आरोप लागेका उनलाई प्रदेशकै हाकिम बनाउनुले ‘दालमा केही कालो भएको’ संकेत गरेको छ । लाइनमा बसेका सबैलाई पछि पार्दै नामुद क्यासिनो सञ्चालकसंग उठबस भएका पूर्व गुप्तचरलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र गृहमन्त्री पत्नी मञ्जु खाँणको जोडबलमा ट्राफिकको इञ्चार्ज बनाइएको स्रोत बताउँछ । 

कोरोना महामारी चल्दा नेपालगन्जस्थित मिनी क्यासिनोहरू निर्वाध रुपमा सञ्चालन गर्न दिएर उनले तिनका कोशेली भेटमा रक्सी र मोबाइल लिएको तस्बिर सार्वजनिक भएको थियो । उपहार लिएको तस्बिर सार्वजनिक भएपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले फोन गरेरै झपारेका थिए । बाँकेमा आधा दर्जन क्यासिनोबाट उनले अकुत सम्पत्ति जोडेको प्रष्ट छ । एक क्यासिनो सञ्चालकले जनआस्थासँग दुखेसो पोँदै भने, ‘उहाँको डिमाण्डबाट म आजित भइसकेको थिएँ । घाटामा जान मात्र बाँकी थियो । एकचोटिमा दुई कार्टुन ब्ल्याक लेभल रक्सी भाग्नुहुन्थ्यो । दुईतीन दिनमा आइरहनु हुन्थ्यो । रक्सीले नै नुहाउने पो हो कि !’ 

उनले मनोरञ्जनका लागि रोल्पाबाट केटीसमेत मगाउने गरेको स्रोतको दाबी छ । केटी ल्याउन नेपालगञ्जबाटै गाडी जान्थ्यो । केटीलाई पनि खर्च दिनैप¥यो । ल्याएपछि पु¥याउनुप¥यो । गाडीलाई पेट्रोल खर्च पनि चाहियो । अनि यत्रो पैसा कहाँबाट आउँछ ?’, स्रोतले भन्यो । उनलाई साथ दिने सिडियो सूर्यबहादुर खत्री हुन् । गुल्मी घर भएका बाँकेका सिडियो र अधिकारी महोत्तरीमा संगसंगै थिए । उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पनि हुन् । खत्रीमार्फतै अधिकारीले गृहका पदाधिकारीसँग सम्बन्ध मजबुत बनाएका हुन् । एसपी नै अवैध धन्दामा जोडिएपछि तस्करी मौलाउनु स्वाभाविकै हो । बाँकेको जमुनाह नाका उनको कमाउधन्दाको अर्को मुहान हो । प्रहरी आचरण र नीतिविपरीत कार्यमा संलग्नलाई कारबाहीको साँटो प्रदेश इञ्चार्ज बनाएर उपहार दिइएको छ । 

एसपी अधिकारीले चुनावअघि नै आफू लुम्बिनी प्रदेश जाने सुनाउँदै आएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले आफूलाई खुबै मन पराएको र आफ्नो बढुवा हुने दाबी गरिरहेका थिए । त्यसो भन्नुको कारण अहिले आएर छर्लङ्ग भएको छ । संगठनमा क्षमता भएपनि ठाँउ नपाएर हल्लिएर हिँडेका दर्जनौं अधिकृतहरू छन् । अहिलेसम्म इञ्चार्ज नपाएर उपत्यका केरकारमा हाड घोटिरहेका कृष्णप्रसाद कोइरालाहरूलाई ‘रुनु न हाँस्नु’ भएको छ । सुन्दर तिवारीले जिल्ला हाँक्न पाएका छैनन् । 

ट्राफिकका सन्तोष रोक्का भौंतारिँदै हिँडेका छन् । काठमाडौंका प्रवक्ता दिनेश मैनालीको पनि बेहाल छ । यस्तोमा जिल्लाको इञ्चार्ज सम्हालिरहेको व्यक्तिलाई कमाण्ड टु कमाण्ड प्रदेश हेर्न दिइएपछि कसको मोराल गिर्दैन ? १८ महिना नेपालगन्ज बसेकालाई फेरि बुटवल किन ?

टिप्पणीहरू