ठट्टै ठट्टामा प्रचण्डद्वारा एमाले अध्यक्षलाई प्रस्ताव ‘आगामी पाँच वर्ष तपाईं राष्ट्रपति,म प्रधानमन्त्री हुन्छ ?’

ठट्टै ठट्टामा प्रचण्डद्वारा एमाले अध्यक्षलाई प्रस्ताव ‘आगामी पाँच वर्ष तपाईं राष्ट्रपति,म प्रधानमन्त्री हुन्छ ?’

आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । उहाँहरुबीच मूलतः रविलाई गृह मन्त्रालयमा फर्काउने र राष्ट्रपतिमा एमालेलाई जिताउनेबारे रस्साकस्सी चलेको बताइन्छ।

उहाँहरुबीच बिहान साढे ९ बजेदेखि शुरु भएको वार्ता रवि लामिछाने र उनको पार्टीले गृह मन्त्रालयको जिम्मेवारी आजभित्र पाउनुपर्ने अडान उत्कर्षमा पुगेको बेलामा भएकाले अनेक अनुमान लगाइएको छ।

लामिछानेलाई एमाले अध्यक्ष ओलीले निरन्तर साथ दिँदै आउनुभएको छ । तर प्रधानमन्त्री दाहाल तत्काल उनी त के उनको पार्टीलाई नै गृह दिन अनिच्छुक देखिएपछि आजको भेटवार्तामा उक्त विषयले राम्रै प्रवेश महत्व पाएको बालुवाटार स्रोतको दावी छ ।

एमाले अध्यक्ष ओलीले आज पनि सत्ता गठबन्धन टिकाउनुपर्ने धारणा दोहोर्याउनुभएको छ । बालुवाटार स्रोतका अनुसार आगामी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम राख्ने एमाले रणनीति देखिएपछि प्रधानमन्त्रीले पनि हाँसीहाँसी नयाँ राजनीतिक पासा फाल्नुभएको थियो । 

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘त्यसो हो भने तपाईं (ओली) र म मिलेर नयाँ प्राक्टिस गरौं । तपाईं राष्ट्रपति बन्नुहोस् ,म पाँच वर्ष प्रधानमन्त्री बन्छु । पार्टीबाट हामीले बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं ।’

टिप्पणीहरू