यी कमरेडलाई कहाँ लगेर राख्ने होला ?
अर्ली महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षको कुर्सीमा पुर्याए पनि त्यसपछि एमालेमा झनै धाँजा फाट्ने खतरा देखिएको छ ।
सो पार्टीलाई विधानअनुसार ०८३ मंसिरसम्ममा नियमित महाधिवेशन गर्न समय छ । महाधिवेशनका लागि त्यो समय र मौसम अनुकूलसमेत होइन । महाधिवेशनलगत्तै प्रतिनिधिसभा निर्वाचन हुँदै छ । एकातिर माधव नेपालहरू छुटेर गएका छन्, विद्या भण्डारी र ईश्वर पोखरेल खेमा सशक्त रूपमा आइरहेको छ । नवौँ महाधिवेशन ताकाझैं अहिले नै ध्रुवीकरण जिल्लासम्म प…