विन्दा र उषाको निलम्बन फुकुवा

विन्दा र उषाको निलम्बन फुकुवा

नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निकाल्नुका साथै यी दुई नेतृको ६ महिनाका लागि जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । 

भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा दान लिएर उनकै पैसामा पार्टी भवन बनाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरोधमा बोलेपछि कारवाहीमा परेका पाण्डे र तिम्सिनालाई औपचारिक पत्र भने दिइएको थिएन ।

टिप्पणीहरू