एमाले अध्यक्ष ओलीपछि अमेरिकी टोलीले भेट्यो परराष्ट्रमन्त्री

एमाले अध्यक्ष ओलीपछि अमेरिकी टोलीले भेट्यो परराष्ट्रमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका राजनीतिक टोलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा अध्यक्ष ओली र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको हो । 

नुल्याण्डसंगै उपसहायक सचिव नेक्नी ज्याक्सन, विशेष सहायक मेरी पारन्याकिस भिक्टोरिया न्यूल्याण्ड, मारे फ्रान्गोक्स, नेपालका लागि अमेरिकी राजदूत रिचार्ड डिन थम्पसलगायतको उपस्थिति थियो । ११ बजेर ५ मीनेटदेखि शुरु भएको भेटवार्ता झण्डै एक घण्टा चलेको बताइन्छ । त्यहाँबाट निस्किनेबित्तिकै उक्त अमेरिकी राजनीतिक टोली परराष्ट्र मन्त्रालय पुगेको हो ।

परराष्ट्रमन्त्री विमला राई पौडेलसंग झण्डै आधा घण्टा वार्तालाप गरेर टोली निस्किएको छ ।
 

टिप्पणीहरू