उपराष्ट्रपतिको उम्मेदवार छान्न एमालेले सचिवालय बैठक बोलायो

उपराष्ट्रपतिको उम्मेदवार छान्न एमालेले सचिवालय बैठक बोलायो

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भोलि बिहान ९ बजे बस्नेगरी बैठक डाकिएको हो । 

भोलि बिहान बैठक बोलाएको प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन् । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ भने राष्ट्रपति निर्वाचनको समीक्षा पनि हुनेछ । 

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले भोलि उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।
 

टिप्पणीहरू