मुक्तिनाथको जिम्मा फेरी पोखरेललाई

मुक्तिनाथको जिम्मा फेरी पोखरेललाई

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रद्युमन पोखरेल दोहोरिएका छन् । हिजो काठमाडौँमा बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्ति दिने निर्णय गरेको हो ।

सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् ।

विगत तीन दशकभन्दा धेरै बैंकिंगको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । पोखरेल हाल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका छन् ।

टिप्पणीहरू