पेट्रोलियम पदार्थको भाउ अचाक्ली

पेट्रोलियम पदार्थको भाउ अचाक्ली

रुस र युक्रेनबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेको छ । युक्रेन युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा परेको हो । युक्रेनमा रूसको आक्रमणबाट आपूर्ति अवरुद्ध हुने डरले तेलको मूल्य बढेको हो ।

आज एकैदिन झण्डै सात प्रतिशतले मूल्य बढेर कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आज कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ६ डलर ७८ सेन्ट पुगेको छ । सन् २०१४ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ७ डलर ५७ सेन्ट पुगेको थियो ।

अमेरिकालगायतका देशले रुसमाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रुसबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्तिमा असर पर्ने आकलन गरिएको छ । यसले पनि कच्चा तेलको भाउ बढाउन सहयोग पुगेको हो ।

टिप्पणीहरू