त्रियुगामा नगरसभा सुरु, ५ गुणाले राजश्व उठाइएको दाबी

त्रियुगामा नगरसभा सुरु, ५ गुणाले राजश्व उठाइएको दाबी

उदयपुरको त्रियुगा नगरपालिकाको आठौं नगरसभा सुरु भएको छ । सभामा नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरक्षेत्रभित्रका ऐलानी र पर्ती जग्गा तथा अव्यवस्थित बसोबासको निम्ति जग्गा व्यवस्थापन, त्रियुगा नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना, नगरक्षेत्रमा बिजनेस सेन्टरलगायतका भौतिक संरचनाको निर्माण गरिने प्रस्ताव राखेका छन् ।ती संरचना निर्माणको निम्ति नगर विकास कोषबाट ऋण लिने, मेडिकल कलेजको स्थापना र थ्री पी मोडलमा सिमेन्ट उद्योग स्थापनालगायतका दूरगामी महत्वका प्रस्तावहरु पनि सभामा राखिएको छ । उनले चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यन्वयनको चरणमा रहेको बताउँदै ऐलानी जग्गा व्यवस्थापन, जनतासँग मेयर कार्यक्रम, धुँवारहित चुल्हो आमाको स्वास्थ्य ठूलो, फोहर व्यवस्थापनका लागि कामहरु भइरहेको जानकारी दिएका छन् ।

मेयर चौधरीले विगत ५ वर्षमा त्रियुगा नगरपालिकाले सम्पन्न गरेका प्रमुख कार्यहरुलाई उपलब्धिको रुपमा लिएको बताउँदै समग्र आर्थिक अवस्थाबारे संक्षिप्त चर्चा गरेका छन् । २०७४ साउन १ गते सपथ ग्रहण गरेपछि जनप्रतिनिधिहरुले उज्यालो नगर कार्यक्रमअन्तर्गत प्रत्येक वडामा विजुली बत्ति र सौर्य बत्ति पुर्याउनुका साथै नगरको गौरवको योजनाको रुपमा कृषि बजार, नदी नियन्त्रण, कालोपत्रे र ग्राभेललगायतका विभिन्न सडक, थरुहट रंगशालाको निर्माण, अभरमा नगर जस्ता विपत्तमा राहत दिने कार्यक्रमबाट नगरवासीले प्रत्यक्षरुपमा फाइदा लिएको बताए ।नगर सभामा बोल्दै प्रमुख चौधरीले स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न, शासकीय प्रबन्ध क्षमता अभिवृद्धि गरी स्थानीय सरकारको अनुभूति गराउन क्षेत्राधिकारभित्र रहेका विभिन्न विषयसँग सम्बन्धित ११ वटा ऐन, ४७ वटा नियमावली, निर्देशिका, कार्यविधि मापदण्ड चालु गनरसभाले पारित गर्ने जानकारी दिएका छन् । उनले शुरुका वर्षमा करिब २ करोड ५७ लाख रुपैयाँ आय भएको नगरपालिकाले गत आवमा झण्डै ११ करोड रुपैयाँ राजश्व संकलन गरेको बताए ।

टिप्पणीहरू