ऋण लिएर कोरोना निर्मूल बनाउन सरकार अग्रसर

ऋण लिएर कोरोना निर्मूल बनाउन सरकार अग्रसर

सरकारले विश्व बैंकबाट दुई अर्ब बढी ऋण सहायता स्वीकार गर्ने भएको छ । हिजोको क्याबिनेट बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका निम्ति दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि उक्त ऋण लिने निर्णय भएको जानकारी दिनुभयो ।

हिजोको निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो ‘कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब दुई अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भयो ।’

टिप्पणीहरू