आईएमई पे र चन्द्रागिरी केबुलकारको सम्बन्ध

आईएमई पे र चन्द्रागिरी केबुलकारको सम्बन्ध

मोबाइल वालेट ‘आईएमई पे’ मार्फत् चन्द्रागिरी केबुलकारको टिकट बुकिङ गर्ने प्रयोगकर्ताले सुविधा पाएका छन् । ‘आईएमई पे’ मार्फत् चन्द्रागिरी केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास ब्याक (नगद फिर्ता) पाएका हुन् ।

कम्पनीले जाडो मौसमलाई लक्षित गरी सुरु गरेको यो योजना भोलिसम्म मात्र मान्य हुनेछ । योजनाअन्तर्गत प्रयोगकर्ताले आईएमई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुने गरेको छ ।

प्रयोगकर्ताले आईएमई पे मार्फत् लिएको टिकमा मात्र यो अफर लागु भएको कम्पनीले जनाएको छ । आईएमई पे तथा चन्द्रागिरी हिल्स दुबै आईएमई ग्रुपद्वारा प्रवद्र्वित कम्पनी हुन् ।

टिप्पणीहरू