रुसले सञ्चालनमा ल्यायो विश्वकै लामो मेट्रो

रुसले सञ्चालनमा ल्यायो विश्वकै लामो मेट्रो -समाचार/फोटो : सिन्ह्वा

रुसको राजधानी मस्कोमा संसारको सबैभन्दा लामो सबवे लाइन सञ्चालनमा आएको छ । ७० किलोमिटर लामो बिग सर्कल लाइन (बिसीएल) हिजोदेखि सुचारु गरिएको हो । 

सन् २०११ देखि २०२२ सम्म ११ वर्ष लगाएर निर्माण गरिएको उक्त मेट्रो लाइनको पहिलो खण्ड २०१८ मा खोलिएको थियो । मस्कोको मेट्रोको इतिहासमा सबैभन्दा लामो अर्को २० किलोमिटर खण्ड डिसेम्बर २०२१ मा शुरु गरिएको थियो । 

बिसिएलसँग ३१ वटा स्टेशन छन् । तीमध्ये २४ वटा राजधानी मेट्रोमा छन् । जसले भविष्यमा बनाइने अन्य स्टेशनको निम्ति ४७ वटा इन्टरचेन्ज उपलब्ध  गराउने छ ।  अब राजधानी शहरका सडक र नजिकैका राजमार्गहरुमा हुने गरेको ट्राफिक जामलाई १५ प्रतिशतले घटाउन मद्दत पुग्ने सरकारी अधिकारीहरु भनाइ छ ।

-समाचार/फोटो : सिन्ह्वा

टिप्पणीहरू