हात हातमा ताजा सूचना,आफ्नै मोबाइलमा जनआस्था

हात हातमा ताजा सूचना,आफ्नै मोबाइलमा जनआस्था

नयाँ-नयाँ सूचनामूलक जानकारी, खोज,अनुसन्धान र विश्लेषणात्मक समाचार सामग्री पस्किएर नेपाली सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको आस्था प्रकाशन प्रालिद्वारा सन्चालित जनआस्था अनलाइनले मोबाइल एप सार्वजनिक गरेको छ । 

आजको डिजिटल युगमा आफ्ना लाखौँ पाठकलाई समाचारमा सहज पहुँच पुर्याउने उध्देश्यले एप सन्चालनमा ल्याइएको हो । एपमार्फत् जनआस्थाका पाठकहरुले आफ्नो मोबाइलबाट समाचार पढ्न र हेर्न सक्नेछन् ।

यसका लागि शुरुमा आफ्नो मोबाइलको 'जनआस्था' एप डाउनलोड गर्नुपर्ने हुन्छ । एण्ड्रोइड फोन प्रयोगकर्ताले प्लेस्टोरबाट र एपल फोन प्रयोग गर्नेहरुले आईओएसबाट एप डाउनलोड गर्न सक्नेछन् । त्यस्तै,जनआस्थाको वेब साइटबाट पनि सीधै एप डाउनलोड गर्न सकिनेछ । 

हालै सन्चालनमा आएको एप अहिले एण्ड्रोइडमा मात्रै उपलब्ध छ । केही दिनभित्रै आइओएसमा पनि उपलब्ध हुनेछ ।

टिप्पणीहरू