गोरखामा गजेन्द्र राई नयाँ राजा घोषित

गोरखामा गजेन्द्र राई नयाँ राजा घोषित

गोरखामा गजेन्द्र राईलाई नयाँ राजा घोषणा गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित दौडमा राई म्यान अफ दी गोरखा घोषित भएका हुन् । नेपाली सेनाका गजेन्द्र राई दौडेर राजा हुने परम्पराको सम्झनामा आयोजित पृथ्वी जयन्ती दौड प्रतियोगितामा प्रथम भएपछि उनलाई राजा घोषणा गरिएको हो ।

द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमीटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् । उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । त्यसपछि झाँकी र र्यालीसहित नगर परिक्रमा गराईंदैछ ।

दौडमा सेनाकै मोहनदेव जोशी दोस्रो भए भने सेनाकै टंक कार्कीले तेस्रो स्थान प्राप्त गरेका छन् । सशस्त्र प्रहरी क्लबका राजेन्द्र तामाङ र गोरखा नगरपालिकाका नवराज गुरुङले सान्त्वाना पुरस्कार पाएका छन् । दौडमा १६ जना सहभागी थिए । 

राईलाई ३० हजार नगदसहित पुरस्कृत गरिँदैछ । दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू